दंगीशरण, ११ असोज ।
जनता माध्यामिक विद्यालय बुटनियाले एक कार्यक्रमको आयोजनागरी विद्यालयमा कार्यरत शिक्षकको विदाइ सम्मान तथा विपन्न विद्यार्थीलाइ पोशाक वितरण कार्यक्रम सम्पन्न गरेकोछ । विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष माधव वि.क.को अध्यक्षता,दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता,तथा वडा नं. ७ का वडा अध्यक्ष रेशम वलिको बिशिस्ट आथित्यतामा सम्पन्न भएको हो ।
विद्यालयले २०५२ सालदेखि विद्यालयमा अध्यापनगरी निर्वित्त भएका शिक्षकहरुलाई दोशल्ला,सम्मानपत्रले सम्मान गरेको हो भने उमेर हदबन्दीका कारण निर्वित्त हुनुभएका शिक्षक डिल्लि गौतमको बिदाइ गरेकोहो । सोहि अवसरमा गाउँपालिकाको आर्थिक सहयोगमा ३८ जना बिपन्न जेहेनदार विद्यार्थीहरुलाई पोशाक समेत वितरण गरीएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले विद्यालयमा विद्यार्थीको शैक्षिक गुणस्तरसङ्गै नैतिक शिक्षा अपरीहार्य रहेको बताए । शिक्षाको गुणस्तरको सवालमा आफुले कत्तिपनि कन्जुस्याइँ नगरी अगाडि बढीरहेको बताए । आफु निर्वाचित भएर आए पश्चात जहाँ विद्यार्थी त्यहाँ शिक्षकको अवधारणा अगाडि बढाएको बताए । अहिले आफुले विद्यालयको विद्यार्थी संख्यालाई मध्यनजरगरी शिक्षक दरबन्दि मिलान गरेको बताए ।
सोहि अवसरमा बोल्दै वडा नं. ७ का वडा अध्यक्ष रेशम वलीले विद्यार्थीको उज्ज्वल भबिष्यका लागि र शैक्षिक गुणस्तरका लागि विद्यार्थी, शिक्षक र अभिभावकको त्रीकोणातमक सम्बन्ध आवश्यक रहेको बताए । यस्तै वलीले जनता माध्यमिक विद्यालय बुटनियाको चौतर्फि विकासकालागि आफु सदैव तत्पर रहेको उल्लेख गरे । बिदाइ सम्मान तथा पोशाक वितरण कार्यक्रममा स्वागत मन्तव्य बेद प्रसाद डाङ्गिले राखेका थिए। कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक क्रीमलाल चौधरीले गरेकाथिए ।
लाइभदाङ । ११ आश्विन २०८१, शुक्रबार २०:३२ बजे