उपमहानगरपालिकामा तलब खान होईन्, विकास गर्न जाने हो : गिरी

तुलसीपुर
,२७ वैशाख / तुलसीपुर, उपमहानगरपालिकाका मेयरका उम्मेदवार गेहेन्द्र गिरीले आफू उपमहानगरपालिकामा तलब, भत्ता खान नभई जनताको विकास गर्न जाने बताए ।

उनले आफूलाई अपुग केही नभएकाले त्यहाँ तलब भन्दा पनि जनताका हरेक समस्या समाधान गर्न जान लागेको बताए । उपमहानगरपालिकामा धेरै अनियमितता रहेको भन्दै त्यसलाई रोक्ने पहिलो प्राथमिकता हुने बताए ।


तुलसीपुर १२ रझेनीमा भएको कार्यक्रममा उनले यस्तो बताए ।