तुलसीपुर १२ को वडाध्यक्षकप सकियो

तुलसीपुर, २६ माघ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं।१२ मा भएको वडाध्यक्षकप फुटबल प्रतियोगिता सकिएको छ । सोमबार वडाध्यक्ष कपको समापन गरिएको हो । वडाध्यक्ष खुसीराम चौधरीको अध्यक्षतामा कार्यक्रम गरि प्रतियोगिता समापन गरिएको हो ।

पशुपति माबि हरिपौरीको प्राङ्गणमा भएको प्रतियोगितामा कचेली प्रथम, कचिला द्वितीय र कपडादेवी तृतिय भएका थिए । विजेता खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै बेष्ट प्लेयर र बेष्ट गोल किपरलाई समेत पुरस्कृत गरिएको थियो ।


वडा सदस्य तथा कार्यक्रम संयोजक शेषमणी भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, जनमुखी प्राबि टरिगैका प्रधानाध्यापक लिलाधर खड्कालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण वडा सचिब गणेश आचार्यले गरेका थिए ।