सरकारको साझा न्यूनतम कार्यक्रमको पूर्ण पाठ

काठमाडौं, २४ साउन ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका सीमा समस्याको कूटनीतिक समाधान खोज्ने भएको छ। आइतबार सार्वजनिक सरकारको साझा न्यूनतम कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका सीमा समस्याको कूटनीतिक  समाधान खोजिने उल्लेख छ ।

कार्यक्रममा सरकारका साझा न्यूनतम कार्यक्रममा सीमा सुरक्षाका लागि बिओपीको संख्या बढाउने विषयसमेत समेटिएको छ। सीमा सुरक्षा र तस्करी नियन्त्रणका लागि सीमा सुरक्षा चौकी (बिओपी) वृद्धि गर्ने साझा कार्यक्रममा उल्लेख गरिएको छ ।

साझा कार्यक्रममा राष्ट्रिय सुरक्षा नीतिमा आवश्यक परिमार्जन गर्ने विषयसमेत समावेश गरिएको छ ।