गठबन्धन तुलसीपुर १ का उम्मेदवार सापकोटा भन्छन् : लामो समय सामाजिक सेवामा रमाए, अहिले पार्टीले मूल्यांकन ग¥यो

तुलसीपुर,२४ वैशाख ।

गठबन्धनका तर्फबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. १ का उम्मेदवार हुमाकान्त सापकोटा लामो समय सामाजिक काममै सक्रिय रहे । उनी वडाका विवादित ब्यक्ति पनि होईनन् । सबैले सरल स्वभाब र इमान्दार छबि बनाएका ब्यक्ती भएको बताउछन् । उनी जुन काममा हात हाल्छन्, त्यहाँ सफल हुन्छन्, भन्ने छबि बनाएका छन् । त्यही छबि बनाएकै कारण उनलाई माओवादी केन्द्रले उम्मेदवार बनायो । उनी लामो समय वडाको छोटे सिंचाई आयोजनाको नेतृत्वमा रहे र प्रभाबकारी काम गरे । उनी पशु स्वास्थ्यकर्मी पनि हुन् । गाउँमा पशुसम्बन्धि समस्या पर्दा सहजै सहभागि हुने ब्यक्ती हुन, हुमाकान्त । कृषि क्षेत्रमा पनि उनी उत्तिकै सक्रिय ब्यक्ती भएकाले पनि सबैको नजरमा सकारात्मक छबि बनाएकाले पनि उनको जित निश्चित भएको माओवादी केन्द्रका तुलसपीपुर नगर इञ्चार्ज प्रेमराज वली‘प्रभात’ले बताए । उनी समाजिक ब्यक्ति भएकाले जित्न सक्ने आधार भएकाले नै पार्टीले उनलाई उम्मेदवार बनाएको उनको भनाई छ ।


चुनाबी मैदानमा होमिएका हुमकान्तले कृषिलाई नै प्रथमिकता दिएको बताए । वडाको केही क्षेत्र विकट भएको तर, कृषिमा सम्भावना बोकेकाले कृषिलाई नै प्राथमिकता दिएको उनले बताए ।‘म आफै पनि कृषिमा आबद्ध ब्यक्ती हुँ, मैले कृषि क्षेत्रको विकास नै पहिलो प्राथामिकता बनाएको छु, सिंचाईको ब्यबस्थादेखि सहजै विउ,मलको ब्यबस्थापन गर्ने तर्फ मैले ध्यान दिने छु’, उनले भने ।

साथै उनले वडाका हरेक पूर्वाधार निर्माणको कामलाई छिटो छरितो ढंगले अगाडी बढाउने योजना रहेको समेत बताए । त्यस्तै पशुपालनलगायतलाई समेत प्राथमिकता दिएको उनी बताउछन् ।