
दाङ, ३ भदौ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङले चश्मा पसल सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानमा मङ्गलबार एक कार्यक्रमका बिच पसलको उद्घाटन गरिएको हो ।
प्रतिष्ठानका उपकुलपति डा.बिकास लामीछानेले रिबन काटेर चश्मा पसलको उद्घाटन गर्नु भएको हो । सो अवसरमा बोल्दै उपकुलपति लामीछानेले आँखाको उपचारको लागि प्रतिष्ठान भरपर्दो र बिश्वसनिय सेन्टरकोरुपमा विकास भइरहेको बताउनु भयो । दक्ष विशेषज्ञ चिकित्सकबाट आँखाको उपचार सेवा प्रतिष्ठानले दिइरहेको बताउदै अब चश्मा पसल पनि सञ्चालनमा ल्याएर बिरामीलाई सेवामा सहजता दिन थालिएको बताउनु भयो ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थी र सह–निर्देशक तथा आँखा रोग विशेषज्ञ डा. सुरेश रसाईलीको उपस्थितिमा चश्मा पसल उद्घाटन गरिएको हो । आँखा अस्पताल रक्षाचौरमा लामो समय काम गरेर अनुभब बटुल्नु भएका आँखा रोग विशेषज्ञ डा. रसाईलीकै अगुवाइमा आँखाको साना तथा ठुला अप्रेसनहरु भइरहेका छन् । कार्यक्रममा प्रतिष्ठानका चिकित्सक, नर्स, स्वास्थ्यकर्मि, कर्मचारिहरुको उपस्थिती रहेको थियो ।




लाइभदाङ । ३ भाद्र २०८२, मंगलवार २१:२२ बजे