दंगीशरण, २८ फागुन ।
दंगीशरण गाउँपालिका वडा नं. ५ ले समावेसीतर्फ दलित लक्षित कार्यक्रम अनुरुप बङ्गुरको पाठा वितरण गरेको छ ।
आर्थिक उपार्जनमा सानो भएपनि सहयोग मिलोस भन्ने उदेश्यका साथ अर्थिक वर्ष २०८०/८१ को बजेटमा वडाबाट १ लाख ५० हजार विनियोजन गरी वितरण कार्यक्रम गरीएको वडा सचिव प्रेम प्रकश चौधरीले जानकारी दिनुभयो ।
बङ्गुर वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले पुर्वाधारको काम मात्र नभइ मानविय विकास तथा आर्थिक विकासको कार्यक्रम सङ्गै सिपमुलक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभयो ।गाउँपालिकाभित्र बसोबास गर्ने हरेक बिपन्न दलितहरुको आर्थिक अवस्था सवल र मजबुत हुनु नै सिङ्गो गाउँपालिका समुन्नत हुने भएको अनुभुती हुने अध्यक्ष गिरीको भनाइथियो ।
यस्तै वितरण कार्यक्रमका बिशिष्ट अथिती वडा नं. ५ का वडा अध्यक्ष निरज बस्नेतले आफु निर्वाचित भएर आएपछी हरेक वर्ष दलित लक्षित कार्यक्रम गरेको र बिगतको वर्षमा पनि बजेट बिनियोजित गरीएको तर प्राविधिक कारणवस वितरण गर्न नसकिएको समेत अध्यक्ष बस्नेतले बताउनुभयो । आगामि दिनमा पनि दलितहरुको आर्थिक विकास तथा आय आर्जनमा समेत वृद्धिहुने खालका कार्यक्रमहरु ल्याइने अध्यक्ष बस्नेतले बताउनुभयो ।
वडा नं. ५ की दलित महिला वडा सदस्य सुमित्रा विकको अध्यक्षता ,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख अथित्यता, प्रमुख प्रशासकिय अधिकृत डिलाराम पाण्डे र वडा अध्यक्ष निरज बस्नेतको बिशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न गरीएकोथियो । वडा सदस्य भुम प्रसाद देबकोटाको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण वडा सचिव प्रेम प्रकाश चौधरीले गर्नुभएकोथियो ।
लाइभदाङ । २८ फाल्गुन २०८०, सोमबार १२:१५ बजे