तुलसीपुर १५मा गठबन्धनको प्रचार तिब्र

तुलसीपुर
२१ वैशाख / सत्तापक्ष गठबन्धनले तुलसीपुर १५ ले चुनाब प्रचार अभियानलाई तिब्र पारेको छ ।

जनताको घर–घरमा प्रचार अभियान पुगेको छ । माओवादी केन्द्रका नेता नबराज पुनसहितका टिम घर–घरमा पुगेर प्रचार प्रसार गरिरहेको छ । त्यस अवसरमा अध्यक्षका उम्मेदवार पुनले आफूले समृद्ध वडा निर्माण गर्ने बताएका छन् ।


यस अघिका जनप्रतिनिधिले तुलसीपुर १५ लाई गुमराहमा पारेको र विकास निर्माणका हिसाबले समेत पछि पारेको भन्दै आफू निर्वाचित भएपछि वडाको विकासमा दत्तचित्त भएर लाग्ने बताए । साथै आफूले कसैलाई काखा र कसैलाई पाखा समेत नगरेर विकास गर्ने समेत बताए ।