नेपालमा थप ७६० मा कोरोना, ३२४ जना संक्रमणमुक्त

Covid-19 coronavirus binding to human cell, conceptual computer illustration. SARS-CoV-2 coronavirus (previously 2019-nCoV) binding to an ACE2 receptor on a human cell (not to scale). SARS-CoV-2 causes the respiratory infection Covid-19, which can lead to fatal pneumonia. ACE2 (angiotensin-converting enzyme 2) is a membrane-bound aminopeptidase, the key host receptor for the spike glycoprotein of SARS-CoV-2 which serves as initial step in the development of coronavirus infection on a cellular level and a potential target for treatment strategy.

काठमाडौँ, १९ साउन ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार २ हजार ५८९ पीसीआर परीक्षणमा ४९४ र ३ हजार ३३७ एन्टीजेन परीक्षणमा २६६ जना संक्रमित फेला परेका छन् ।

२४ घण्टामा ३२४ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुगेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा ४७ हजार ३४१ जनाले खोप लगाएका छन् ।