अबको लडाई समाजवाद र पुजिवादबीच हो : ज्ञवाली

तुलसीपुर,१९ वैशाख / नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले अहिलेको सत्तापक्ष गठबन्धन पुजिपतिहरुको गठबन्धन रहेको बताउनुभयो ।

प्रेस चौतारी दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले अहिलेको निर्वाचनमा समाजवाद र पुजिवादको लडाई रहेको बताउनुभयो ।“अहिलेको लडाई भनेको समाजवाद र पुजिवादबीचको हो”,उहाँले भन्नुभयो“यो गठबन्धनको नेतृत्व काँग्रेसले गरेकाले त्यसमा सहभागी दलहरु पनि पुजितिहरु नै हुन् ।”


यो गठबन्धनले जितेमा दलाल पुजिवाद हावी हुने समेत उहाँको भनाई थियो । साथै उनले यो परमादेशबाट आएको सरकार भएको भन्दै यसले मुलुकको अर्थतन्त्र समेत धरापमा पारेको बताउनुभयो । उहाँले मुलकमा आयात बढि हुने र निर्यात कम हुने अबस्था रहेकाले यसले मुलुकलाई ठूलो नोक्सान पु¥याएको बताउनुभयो ।

साथै उहाँले मुलुकमा ठूलो संकट देखा परेको समेत बताउनुभयो । अदालतको आदेशबाट सरकार बन्ने स्थिति आउनु दुःखद भएको ज्ञवालीको भनाई छ ।