संविधान बनाउने क्रममा केपीले राजतन्त्र फाल्न मान्नु भएको थिएन : महरा

दाङ
१७ वैशाख / नेकपा माओवादी केन्द्रका प्रबक्ता कृष्णबहादुर महराले संविधान निर्माण गर्ने क्रममै केपी वलीले राजतन्त्र शब्द हटाउन अस्वीकार गरेको बताए ।‘संविधान निर्माण गर्ने क्रममा राजतन्त्र अन्त्य गरेर गणतन्त्र लेख्नु पर्छ, समावेशी, समानुपातिक, संघीयता उल्लेख गर्नुपर्छ, भन्दा उहाँले अस्वीकार गर्नुभएको थियो’,उनले भने‘ त्यो राख्दा “म यसमा सहमत त छैन, तर साथीहरुले भनेपछि मानिदिनु प¥यो” भनेर निस्किनु भएको थियो ।’

गठबन्धनले तुलसीपुरमा आयोजना गरेको प्रशिक्षण तथा उम्मेदवारलाई परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताए । त्यतिबेला भनेको यो कुराका अहिले स्मरण भएको भन्दै आफू सत्तामा हुँदा पटक–पटक यो संविधानलाई धरापमा पार्ने काम गरेको समेत महराको भनाई थियो ।“उहाँ सत्तामा जाँदा दुई पटक संसद बिघटन गर्नुभयो’,उनले भने‘यो हेर्दा संविधान निर्माण गर्नेक्रममा भनेको त्यो कुराको याद आउछ ।’
राष्ट्रियता,संघीयता, लोकतन्त्र, संविधानमाथि खतरा हुन थालेपछि पाँच दलिय गठबन्धन गर्नुपरेको उनको भनाई छ ।‘लोकतन्त्र,संविधान, राष्ट्रियताकालालगि गठबन्धनको आबश्यकता परेको र इतिहासको समेत आबश्यकता हो’,उनले भने‘ यो ब्यक्तिको भन्दा पनि राष्ट्रको हितकालागि गठबन्धन हो ।’


साथै उनले यो गठबन्धन नयाँ नभएको समेत बताए । १२ बुदेदेखि हरेक आन्दोलनमा यो गठबन्धन भएको समेत महराले बताए । नले लोकतन्त्रकालागि भएका हरेक आन्दोलनमा राजनीतिक दलहरु संगसंगै हिड्ने गरेको समेत उनले बताए ।

साथै कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले मुलुकमा तानाशाही प्रबृति रहेको भन्दै यसको अन्त्यकालागि नै यो गठबन्धन भएको भन्दै यसलाई गम्भीरताकासाथ लिनुपर्ने बताएका थिए । कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका मेयरका उम्मेदवार गेहेन्द्र गिरी, उपमेयरका उम्मेदवार जोगबहादुर राणा, एकीकृत समाजवादीका केन्द्रीय सदस्य हिराचन्द्र केसी, जनमोर्चाका नेता भर भण्डारीलगायतले मन्तब्य ब्यक्त गर्दै यो गठबन्धन रहको नभई संविधानको रक्षाकालागि भएको बताएका थिए ।