
रोल्पा, २५ जेठ ।
नेपाल उद्योग व्यापार महासंघ रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्षमा बसन्त रोकालाई चयन गरिएको छ । आईतबार थवाङमा भएको भेलाले रोकाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा कमारा रोका र बिपना घर्ती, महासचिबमा दयाधन पुन , सचिबमा हिरा बुढा र कोषाध्यक्षमा कर्मधन रोकालाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरूमा निरज बुढा,पबित्रा रोका,छपि वली, व्यापक बुढा, राम कुमारी पुन, ईलिम पुन, निमबहादुर रोका,रबिका रोका, जितेन्द्र पुनलाई चयन गरिएको छ । त्यस अवसरमा बक्ताहरूले ब्यबसायिक हकहितका लागि महासंघले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।



महासंघका रोल्पा जिल्ला अध्यक्ष भान बहादुर घर्तीको अध्यक्षता तथा महासंघका केन्द्रीय सदस्य मिनराज भण्डारीको प्रमुख आतिथ्य तथा नेकपा माओवादी केन्द्रका थवाङ गाउँपालिका ईन्चार्ज मौसम रोका,लुम्बिनी प्रदेश उपाध्यक्ष खिमानन्द पौडेल, गञ्जबहादुर बिष्टको विशिष्ट आतिथ्य एवं पार्टीका थवाङ सचिब ग्रिस रोका, २ का ईन्चार्ज वसन्त रोकाको आतिथ्यमा कार्यक्रम भएको हो ।
महासंघले १२ वटै जिल्लामा यसरी संगठन विस्तार अभियानलाई तिब्र बनाएको छ । कार्यक्रमको सहजीकरण लुम्बिनी प्रदेश सचिब शेषकान्त ढकालले गरेका थिए ।
लाइभदाङ । २६ जेष्ठ २०८२, आईतवार १४:०८ बजे