तुलसीपुर,१० वैशाख /
तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा एमालेले टिकाराम खड्कालाई उम्मेदवार बनाएको छ ।
उनी एमालेका निवर्तमान जिल्ला अध्यक्ष हुन्, भने हाल पार्टीका प्रदेश सचिबालय सदस्य हुन् ।
त्यस्तै उपप्रमुखमा स्यानी चौधरीलाई उम्मेदवार बनाएको छ ।
गठबन्धनबाट काँग्रेसले केन्द्रीय सदस्य गेहेन्द्र गिरीलाई मेयर र एकीकृत समाजवादीका केन्द्रीय सदस्य जोगबहादुर रानालाई उपमेयरको उम्मेदवार बनाएको छ ।
लाइभदाङ । ११ बैशाख २०७९, आईतवार ०६:३५ बजे