तुलसीपुरका तीन कार्यपालिका सदस्यको पद रिक्त

दाङ
१६ फागुन / तुलसीपुर उपमहानगरपालिकाका तीन कार्यपालिका सदस्यको पद रिक्त भएको छ । निर्वाचन आयोगले सोमबार नेकपा एमालेलाई पत्र लेख्दै तीन कार्यपालिका सदस्यले दल त्याग गरेकाले स्वतः पद रिक्त भएको जनाएको छ ।

कार्यपालिका सदस्य डिला परियार, जानका रेग्मी(डाँगी) र दिपक कुमालले एमाले पार्टी परित्याग गरेकाले पद रिक्त भएको जनाएको हो । उनीहरुले तीनै जना एकीकृत समाजवादी पार्टी आबद्ध भएका छन् । राजनीतिक दलसम्बन्धि ऐन, २०७३ को दफा ३२ को उपदफा (१) बमोजिम दल त्याग गरेको भन्दै उनीहरुको पद स्वतः रिक्त भएको निर्वाचन आयोगका शाखा अधिकृत नबराज बिष्टले बताए ।

उनीहरुमध्ये कुमालले पार्टी फुट्ने वित्तिकै एकीकृत समाजवादीमा आबद्ध भएका थिए । उनी हाल पार्टीका तुलसीपुर नगर सचिब छन् । रेग्मी एमालेको जिल्ला सदस्यमा निर्वाचित भएको हप्तादिन नबित्दै एकीकृत समाजवादीमा प्रवेश गरेकी थिइन ।


No description available.