दाङ
२३ साउन / राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । शनिबार बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो ।
विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको हो । मुलुकभरका विद्यालयले विद्यार्थीको प्राप्तांक पठाएका थिए । ५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए । विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो ।
शनिबार नै बसेको बोर्डको बैठकले कक्षा १२ को साउन ३१ गतेदेखि हुने परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको छ ।
एसर्ईईको नतिजा हामीले www.facebook.com/livedangnews कमेन्ट बक्समा सिम्बोल नम्बर र जन्म मिति उपलब्ध गराएमा हामीले हेरिदिने व्यबस्था मिलाएका छौं । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कन्सेपट प्लस, एडुसञ्जाल, नेपाल टेलिकम, ईकान्तिपुर र एनसेलको वेबसाइटबाट सार्वजनिक गरेको छ ।
लाइभदाङ । २३ श्रावण २०७८, शनिबार १५:४१ बजे