दाङ, ६ वैशाख ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा मतदाता संख्या ३२ लाख बढी पुगेको छ । प्रदेशभरका १०९ पालिकामा ३२ लाखभन्दा बढी मतदाता यस पटकको स्थानीय तहको निर्वाचनमा सहभागी हुँदैछन् ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लुम्बिनी प्रदेशभर १६२९ मतदान स्थलमा ३८३२ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
लाइभदाङ । ६ बैशाख २०७९, मंगलवार ११:४८ बजे