जनता समाजवादीबाट तुलसीपुरको मेयरमा महतारा उम्मेदवार बन्ने

तुलसीपुर,३ वैशाख ।
जनता समाजवादी पार्टीले तुलसीपुरमा टोपबहादुर महतारालाइ उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै उपप्रमुखमा गीता देवकोटालाई उम्मेदवार बनाउने भएको हो ।
त्यस्तै बबइईमा डिल्लीबहादुर डाँगी, दंगीशरणमा खिमबहादुर भुषाल र शान्तिनगरमा जीवराज पुनलाई अध्यक्ष बनाउने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य जीवन भण्डारीले बताए । साथै केही वडाका अध्यक्षको पनि उम्मेदवार टुंगो लगाईएको छ ।