दंगीशरणमा आर्थिक वर्षको निति तथा वजेट सम्बन्धि अन्तरक्रिया कार्यक्रम

प्रमोद आचार्य
दंगीशरण, ३ जेठ ।
दलित महिला संघ जिल्ला शाखा दाङको आयोजना एफ.जे.एस.को सहयोग तथा दंगीशरण गाउँपालिकाको समन्वयमा आगामि आर्थिक वर्षको निति तथा वजेट कार्यक्रममा स्थानिय सरकारले समेट्नु पर्ने दलित समुदायका सवालका बिषयमा अन्तरक्रिया कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

दलित महिला संघ जिल्ला साखा दाङकि अध्यक्ष युवा कराराको अध्यक्षता गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै सामाजिक विकास र मानविय विकास भएमात्रै समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।दलित महिलाहरु आफ्नो हक अधिकारको लागि हरेक क्षेत्रमा अगाडि बढ्नुपर्ने बताउनुभयो । आफुहरुले दलितहरुको लागि थुप्रै कामहरु अगाडी बढेको र नमुना दलित बस्ति विकासका लागि संघबाट ९० लाख माग गरी दंगीशरणको ६ र दंगीशरण २ को दलित बस्ती विकासमा काम अगाडी बढाइएको बताउनुभयो ।


यस्तै दलित महिला जिल्ला साखा दाङकि अध्यक्ष युवा कराराले सदियु देखि पिल्सिएको दलित समुदायलाई राज्यको मुलप्रवाहमा ल्याउने दायित्व राज्यको रहेको बताउनुभयो ।

निति तथा कार्यक्रममा र बजेट बिचको ग्यापलाई मिलाउन र दलितलाई मुल प्रवाहमा ल्याउन पनि निति तथा कार्यक्रम आउने संघारमा अन्तरक्रिया कार्यक्रम आयोजना गरीएको अध्यक्ष कराराको भनाइथियो । अर्को एक प्रसङ्गमा सरकार र नागरीकको सहकार्यले मात्र पालिकाको समृद्धि हुनेभएकाले यसतर्फ ध्यानदिन आग्रह गर्नुभयो ।