तुलसीपुरको उपप्रमुखमा देवा डाँगीको दावी

बसन्ती वली
तुलसीपुर,३ वैशाख ।

नेपाली काँग्रेसको तर्फबाट सामाजिक अभियन्ता देवा डाँगीले उम्मेदवारी दिने घोषणा गरेकी छिन् । अपाङ्गता भएका ब्यक्तीहरुको क्षेत्रमा लामो समय काम गरेकी डाँगीले तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने बताएकी हुन् । पार्टीमा लामो समय योग्दान गरेको भन्दै उनले आफू पार्टी भित्रको बलियो उम्मेदवार रहेको समेत बताईन् । यसमा पार्टीले पनि आफूलाई मूल्यांकन गर्ने बताएकी छिन् । उनी तुलसीपुर ८ निबासी हुन् ।

यस्तो छ, डाँगीको राजनीतिक पृष्ठभूमि
उनले नेपाल विद्यार्थी सघं मावि अश्वाराको इकाइ सभापतिबाट राजनीति सुरु गरेकी हुन् । त्यसपछि नेपाल महिला सघं महाधिवेशन प्रतिनिधि, राष्ट्रिय लोकतान्त्रिक अपाङगता सघं महाधिवेशन प्रतिनिधि, नेपाली काग्रेस दाङ जिल्ला सदस्य, नेपाली काग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य, नेपाली काग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधि, अन्तरपार्टी महिला सघं दाङ सदस्य,कोषाध्यक्ष हुँदै सचिव भईन ।


त्यस्तै राष्ट्रिय अपाङग महासघं दाङको अध्यक्ष हुँदै विभिन्न सामाजिक सघं सस्थामा लामो समय नेतृत्व गरेकी थिइन । उनले आफू पार्टीको सच्चा सिपाही भएको समेत बताईन् ।

उनले २०७४ सालको निर्वाचनमा पनि उपमेयरमा दावी गरेकी थिइन । उनले आफूले टिकेट पाएमा लक्षित बर्गलाई प्राथमिकता दिएर काम गर्ने बताईन् ।