
कृष्ण अधिकारी
तुलसीपुर, २७ पुस ।
आचार्यकुलम् दाङको प्रथम वार्षिक साधारणसभा भएको छ । संस्थाका अध्यक्ष दीपक बस्यालको अध्यतामा तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि खड्काले आचार्यकुलम्ले दिइरहेको शिक्षा अहिलेको आबश्यकता रहेको बताए ।
कार्यक्रममा बिशिस्ट अतिथि लुम्बिनी प्रदेश प्रभारी प्रेम शाह,बेलझुन्डी संस्कृत बिश्व बिद्यालय प्राध्यापक निलप्रसाद सापकोटालगायतले मन्तब्य ब्यक्त गरेका थिए । त्यस अवसरमा साङ्गठनिक प्रतिबेदन सचिवालय सदस्य टेक प्रकाश केसी र आर्थिक प्रतिबेदन आर्थिक संयोजक दानबहादुर बुढाथोकीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहजीकरण सचिवालय सदस्य केतनारायन आचार्य र दुर्गा प्रसाद भण्डारीले गरेका थिए । सचिवालय सदस्य प्रहलाद शाहले स्वागत मन्तव्य गरेका थिए ।



लाइभदाङ । २८ पुष २०८१, आईतवार ०९:४३ बजे