विमलाले भनिन्‘माओवादीमा आउँदा खुसी लाग्यो’

दाङ, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)मा आएपछि प्रदेशसभा सदस्य विमलाकुमारी खत्री(वली) ले पहिलो पटक दाङ क्षेत्र नं. ३ को पार्टीको विस्तारित बैठकमा सहभागि भएकी छिन् । शुक्रबार तुलसीपुरमा भएको भेलामा उनले भनिन्“ म यता धेरै खुुसी लाग्छ ।”

उनले हाल बाहिर धेरै भ्रम छर्ने कुराहरु भइरहेको भन्दै त्यसमा भ्रममा नपर्न पनि आम नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गरेकी छिन् । ‘अहिले बाहिर धेरै भ्रमपूर्ण कुराहरु आईरहेका छन्’, उनले भनिन्‘यसमा तपाईहरु भ्रममा पर्नुहुन्न, भन्ने विश्वास छ । अब जनताको अगाडी कसरी जाने भन्ने कुरामा तपाईहरुको साथ र सहयोग चाहिन्छ । अहिले म निकै मानसिक तनाबमा पनि छु ।’

गएको साउन १५ गतेदेखि पार्टीको सम्पर्क भन्दा बाहिर रहेकी वलीले विहीबार बुटलवमा पत्रकार सम्मेलन गरि मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर राखिएको बताएकी थिईन् । यस अघि बिमला यसरी पार्टीको कार्यक्रममा सहभागि भएकी थिइनन् ।


बैठकमा पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्यले विमलालाई बन्दक बनाएर राख्नु ठूलो अपराध भएको भन्दै कडाभन्दा कडा कारवाहीको माग गरे । यसमा सम्बन्धित निकायको ध्यानाकर्षण पनि गरे । त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य दामाकुमारी शर्माले प्रदेशमा आफूहरु विजयीको संघारमा पुगेको बेला डराएर संसद स्थगित गर्ने कार्य गरेको बताईन् । साथै अहिले विमलामाथि जुन किसिमको व्यबहार गरियो, यो पराजित मानसिकताको उपज रहेको समेत बताईन् । बैठकमा निर्णय गर्दै विमलालाई बन्दक बनाएको विषयमा गम्भीर ध्यानाकर्षण गर्नुकासाथै कडा कारवाहीको माग गरिएको थियो ।
त्यस अबसरमा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य ईन्द्रजित थारु, हेमराज शर्मा,पार्टीका नेता लुमकान्त न्यौपाने, जिल्ला सचिब सुवास पुन, भिमबहादुर वली, रामबहादुर दहित, शेसुराम भण्डारी, डिल्ली अधिकारी, खुसीराम चौधरी, गोविन्द भण्डारी, डिल्ली बुढाथोकीलगायतले भनाई राखेका थिए ।

सबै जनवर्गीय संगठनहरुले धारणा राखेको हिरालाल सुनारले बताए । यस्तै बैठकले ३० गतेभित्र सबै वडा कमिटि गठन गरि सक्ने, सबै जिल्ला कमिटि सदस्यहरुलाई वडामा खटाउने, सहिद प्रतिष्ठान दाङको शाखा गठन गर्नेलगायतका निर्णय भएका थिए ।