एमाले तुलसीपुर ४ र १० मा उमेदवार सर्वसम्मत सिफारिस

तुलसीपुर, २७ चैत ।

नेकपा एमाले तुलसीपुर ४ र १० मा उमेदवारहरुको नाम सर्वसम्मत सिफारिस गरेको छ । जिल्ला कमिटिको निर्णय अनुसार आईतवार बसेको वडा भेलाले उमेदवारहरुको नाम सर्वसम्मत सिफारिस गरेको छ । नेकपा एमाले तुलसीपुर ४ को एक्लेसालमा सम्पन्न भएको वडा भेलाले वडा अध्यक्ष पदमा पुन वडा अध्यक्ष बालकृष्ण राना (धुव्र)लाई उमेदवार बनाउने गरी सिफारिस गरेको छ । राना वर्तमान वडा अध्यक्ष समेत हुनुहुन्छ ।


यस्तैगरी खुल्ला पुरुष सदस्यहरुमा गणेस घर्ति, कलिभान वली , महिला सदस्यमा सुन्तली चौधरी, दलित महिला सदस्यमा धन कसमारी नेपाली र पुस्पा नेपालीको नाम सिफारिस गरिएको छ । दलित महिला सदस्यमा भने दुई जना आकांक्षी भएकाले सोहि अनुसार सिफारिस गरिएको छ ।यस्तैगरी नेकपा एमाले तुलसीपुर १० मा पनि सर्वसम्मत उमेदवारहरुको नाम सिफारिस गरिएको छ ।

वडा भेलाले अध्यक्षमा यमराज केसी, खुला पुरुष सदस्यहरुमा ज्ञान बहादुर खड्का , शिस्वर वियोग चौधरी, महिला सदस्यमा भगवति धिताल र दलित महिला सदस्यमा सरु सुनारलाई सर्वसम्मत नाम सिफारिस गरिएको छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा कांग्रेसले जितेको छ । उता घोराही ६ मा पनि उमेदवारहरुको नाम सर्वसम्मत सिफारिस गरिएको छ । एमाले वडा भेलाले अध्यक्षमा बिष्णुराम आचार्य खुला पुरुष सदस्यहरुमा मोहन खड्का , गिता चौधरी , महिला सदस्यमा माया चौधरी र दलित सदस्यमा डल्लीदेबि सुनारलाई उमेदवार बनाउने गरी सिफारिस गरेको छ ।