गाउँपालिका अध्यक्ष द्वारा सवारी साधन फिर्ता

कमिरेचौर,२७ चैत ।

बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गर्नुभएको छ ।


निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै पालिका अध्यक्ष वलीले प्रयोग गर्दै आईरहेको रा १ झ ६१६ नम्वरको बलेरो जिप आईतवार कार्यालयमा लगि बुझाउनु भएको हो ।

आचारसंहिता जारी भईसकेको अवस्थामा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै अध्यक्षले गाडी फिर्ता गर्नु भएको गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले जानकारी दिनुभयो ।