जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न

हापुरे, २६ असोज ।
सफल व्यवसायी बन्ने सबैको इच्छा, आवश्यक सिप तालिम र शिक्षा भन्ने नाराका साथ जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा हापुरेमा सम्पन्न भएको छ । जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष विकासराज वालान क्षेत्री को अध्यक्षता, बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्रि क्षेत्रीको प्रमुख आतिथ्यता तथा बबई गाउँपालिकाका उपाध्यक्ष बम कुमारी खड्काको बिशिष्ट आतिथ्यतामा सम्पन्न साधारण सभाले विभिन्न ८ वटा प्रस्ताव पारित गरेको छ ।

कार्यक्रममका बोल्दै प्रमुख अतिथि बबई गाउँपालिका अध्यक्ष क्षेत्रीले नेपाल जस्तो गरिवकिो रेखामुनी रहेको देशमा सम्बृद्धीको क्षेत्रमा सहकारीको भुमीका महत्वपुर्ण हुने बताउनुभएको छ । सानो पुजिले उधम गर्न नसकेकाहरुलाई सहकारीले अगाडि बढ्न सहयोग गरेको बताउदै क्षेत्रीले समृद्धिको लक्ष्य पुरा गर्न सहकारीहरुले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । आम जनतालाई उद्यमसँग जोड्न सहकारीको आवश्यक्ता रहेको बताउदै क्षेत्रीले बबइमा रहेका सबै सहकारीलाई एकताबद्ध गरी बबई सरकारले सहकारी मार्फत काम गर्न चाहेको बताउनुभयो ।


कार्यक्रममा बिशिस्ट अतिथि बबई गाउँपालिका उपाध्यक्ष बम कुमारी खड्का, बबई ७ वडाध्यक्ष तथा बबई गाउँपालिका प्रबक्ता तिलकराम भण्डारी, बबई ५का वडाध्यक्ष हर्क बहादुर सिरिस मगर, कार्यपालिका सदस्य नारायण परियार, राष्ट्रिय बैज्ञानिक वन महासंघ केन्द्रिय महासचिव पर्शराम भुसाल, बाघमारे सहकारी संस्थाका अध्यक्ष चुडामणी कडेल, पुर्व हापुरे सामुदायिक वनका अध्यक्ष डम्बर बहादुर सिरिस मगर, जनकल्याण मावि पदमपुरका शिक्षक जित बहादुर वली लगायतकाले बोल्नुभएको थियो ।

साधारण सभाले जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष विकासराज वालान क्षेत्रीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिबेदन तथा प्रबन्ध सञ्चालक टेक बहादुर वलीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदन सर्बसहमतीले पारित गरेको छ । जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सचिव टिकाराम खत्रीले सञ्चालन गरेको कार्यक्रममा सहकारीमा आबद्ध विभिन्न क्षेत्रबाट उत्कृष्टमा छनोट भएका १८ जनालाई नगत दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।