ज्योतिपुञ्ज मोडेल ईङ्लिश स्कुल रामपुरमा पढाई सकेर जान लागेका विद्यार्थीको बिदाई

दाङ, २६ चैत ।

दाङको रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल ईङ्लिश स्कुलले विद्यालयमा कक्षा ८ अध्ययन पुरा गर्न लागेका विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । घोराही उपमहानगरपालिका वडा नं २ मा रहेको पर्यटकिय स्थल चरिङ्गे दह बुकामा एक कार्यक्रमको आयोजना गरि विद्यार्थीको विदाई गरिएको हो ।

विद्यालयका प्रिन्सिपल शिव भण्डारीको अध्यक्षता एवं संचालक समितिका अध्यक्ष बालचन्द्र शर्माज्यूको प्रमूख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले घरदैलोमै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले नयाँ ब्यवस्थापनका साथ सञ्चालनमा रहेको ज्योतिपूञ्ज मोडेल इङलिस स्कूले नवितम कार्यक्रम सहित विद्यालय सञ्चालन गरेको बताएका थिए ।


कार्यक्रममा ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय प्रा.लि. घोराही दाङका अध्यक्ष हेमराज शर्मा,शिक्षकहरु रञ्जित भुसाल,रामप्रसाद भट्टराईले शुभकामना सहित विदाई भएर जाने विद्यार्थिहरुको सफलताको कामना गर्नुभएको थियो ।

कार्यक्रममा विदाई भएर जान थालेका विद्यार्थीहरु अनुजा थापा,वन्दना पोख्रेल र सोनिया भण्डारीले ज्योतिपुञ्ज मोडेल ईङ्लिश स्कुल विद्यार्थीमैत्री रहेको र यस वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरेका थिए । विद्यालयकी शिक्षक रोशनी के.सी. को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालय कोर्डिनेटर मदन घिमिरेले गर्नुभएको थियो । घोराही स्थित ज्योतिपुञ्ज आ.मा.वि. घोराही दाङको व्यवस्थापनमा साविकको विलियम शेक्सपियर अंग्रेजी विद्यालयको नाम परिवर्तन भई विभिन्न योजनाहरुको साथ शैक्षिक सत्र २०७६ देखि नयाँ व्यवस्थापनमा संचालन भईरहेको छ ।