लमही–घोराही सडकखण्ड राति ९ घण्टा बन्द हुने

दाङ
१८ फागुन / दाङको लमही–घोराही सडकखण्डमा राति ९ घण्टा बन्द हुने भएको छ ।

सडक डिभिजन कार्यालय दाङका अनुसार मोड सुधार गर्नकालागि मर्मत कार्य सुरु हुन लागेकाले राति सडक बन्द गर्न लागिएको हो । डिभिजन प्रमुख राम पुकार जयसवालका अनुसार आउदो फागुन २२ गते आईतबारदेखि फागुन ३० गतेसोमबारसम्म बन्द गर्न लागिएको हो ।


बेलुका ७ बजेदेखि विहान ४ बजेसम्म बन्द गरेर सडक मर्मत गर्न लागिएको उनले बताए । लमही–घोराहीसडक खण्डको कुइरेपानीदेखि लमहीसम्मका सडकबीचका मोडहरु सुधार गर्ने कार्य हुनेछ । साँघुरो मोड हुँदा त्यस क्षेत्रमा दुर्घटना भइरहेका छन् ।