हरिश गिरी : जो जहाँ अफ्टेरो पर्छ, त्यहाँ हाँजिर हुन्छन्

तुलसीपुर,२४ चैत ।

एकीकृत समाजवादीले तुलसीपुर ५ बाट अध्यक्षमा हरिश गिरीलाई सिफारिश गरेको छ । पार्टीको वडा कमिटिदेखि नगर कमिटिले गिरीलाई अध्यक्षमा सिफारिश गरेको हो । युवा संघ नेपालका दाङ जिल्ला अध्यक्ष तथा पार्टीका जिल्ला कमिटि सचिबालय सदस्य समेत रहेका गिरीलाई अध्यक्षकालागि जिल्लामा सिफारिश गरिएको भन्दै यो विषयमा जिल्लाले टुंगो लगाउने छ ।

को हुन् गिरी
जब समाजलाई अफ्टेरो पर्छ, त्यसपछि देखिने एउटा नाम हो–हरिश गिरी । गिरी कोरोना महामारीको बेला सक्रिय भएर लागे । जतिबेला नागरिक बाहिर निस्किन डराउथे । त्यतिबेला कुनै प्रवाह नगरि घर–घरमा पुग्थे ।

लकडाउनको बेला दैनिकी चलाउन समस्या भएकाहरुलाई घर–घरमै पुगेर चामल सहयोग गरे । त्यतिमात्रै होईन्, जतिबेला रगत अभाब हुन्छ, त्यतिबेला रक्तदान कार्यक्रम आयोजना गर्ने एउटा ब्यक्ती हुन्, उनी । जहाँ गरीब, असहाय हुन्छन्, त्यहाँ उनी पुग्छन् । केही समय अघि दुधरासका एक क्यान्सर पीडितलाई सहयोग अभियान पनि सञ्चालन गरेका थिए । त्यसले ति क्यान्सर पीडितलाई निकै सहयोग पुगेको थियो । त्यस्ता कयौं असहाय विरामीहरुलाई उनले सहयोगको अभियान चलाउँदै आएका थिए ।

व्यबसायी क्षेत्रमा पनि गिरीको नयाँ अभ्यास छ । उनी तुलसीपुरमा स्वच्छ र स्वस्थ मासु खुवाउने अभियानमा छन् । उनले तुलसीपुरमा विकल्प मिट्स सप सञ्चालनमा ल्याएका छन् । जो प्रबिधियुक्त छ ।

तुलसीपुर चारलेनमा गाडी दुर्घटना हुँदा पटक–पटक उद्दारमा पनि खटिए । त्यस्तै सरकारले गरेका हरेक गलत गतिबिधिको बिरुद्ध हुने कार्यक्रममा नेतृत्व गरेर अघि बढ्छन् ।

असहाय बालबालिकालाई सहयोग गरे । अनाथ बालबालिकाहरुलाई पनि पटक–पटक सहयोग गर्दै आएका छन् । उनी सामान्य परिवारका ब्यक्ती हुन् ।


तीन बर्ष अघि घोराहीमा एचजी ग्रुप अफ कम्पनी नामक तत्कालिन समयमा नेपालमै दुर्लभ क्षमताको उद्योग पनि सञ्चालन गरेका थिए । जुन हाल पनि सञ्चालनमा रहेको छ।

केही समय अघि मात्रै घोराही–तुलसीपुर सडकको  दुधरास सोनापुर चोकमा मोटरसाईकल र हाईस गाडी ठोक्किएर आगलागी हुँदा घाइतेलाई राति अबेरसम्म आफै उद्दारमा खटि हस्पिटलसम्म ल्याएका थिए । जुन दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो ।

उनको पढाई एसएलसीसम्म दाङमै भएपनि पछि स्नातकसम्म काठमाडौंमा गरेका हुन् । उनले व्यबस्थापन शंकायमा विविए ग्राजुएटसम्म गरेका छन्, र, हाल काठमाडौंमै एमविए गरिरहेका छन् ।

पछिल्लो समयमा गिरी सामाजिक काममा मात्रै नभएर राजनीतिमा पनि अग्रपंक्तिमा छन् । आफू मात्रै होईन्, आफ्नो कारणले अरु पनि बदलिएको हेर्न चाहाने उनको सोँच रहेको छ ।

उम्मेदवारी किन दिने ?
उनले युवाहरुको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिने निर्णय गरेका छन् । अहिलेसम्म जति नेतृत्व आएपनि विकास भन्दा बढि गफ गरे ।

युवाहरुलाई ठाउँ दिएनन् । त्यसैले अब तुलसीपुरको समृद्धिकालागि उम्मेदवारी दिने उनको योजना छ ।‘हामी जहिले पनि युवाहरुलाई अगाडी बढाउनु पर्छ युवा उद्यमसिलतालाई अघि बढाउनुपर्छ । देशमा रहेको युवा शक्तिलाई देशमै रोकी देशको विकास गर्नुपर्छ र, राजनीतिक रुपमा पनि युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ, भन्ने फगतको भाषणमात्रै सुन्ने गरेका छौं’,उनले भने‘तर जब नेतृत्व दिने समय आउछ जब युवालाई अगाडी बढाएर स्वरोजगार गराउने कुरा आउछ, युवालाई सक्षम बनाउने कुरा आउछ, तब फेरी केही न केही बाहानामा युवालाई पछारेर उही पुराना अनुहारलाई नेतृत्वमा ल्याउने भएको हुँदा अहिलेको उम्मेदवारी सबल,सक्षम र उद्यमसिल युवा उत्पादन गर्न र साच्चै नै युवाको हातमा नेतृत्व भयो भने युवाले समाज बदल्न सक्छ, भन्ने कुरा पुष्टि गर्नकालागि आफ्नो उम्मेदवारी दिएको छु ।’’

युवाको हैसियतले नेतृत्व गरेर युवा उद्यमसिलता बढाउने, समाज रुपान्तरण, असहाय, गरीब समुदायको जीवनस्तर उकास्कनकालागि आफू उम्मेदवार बन्ने तयारी रहेको गिरीले बताए । राजनीतिककर्मीको हैसियतले मात्रै नभएर समाज बदल्न एउटा सचेत शिक्षित युवाको हैसियतले आफ्नो उम्मेदवारी दिएको उनको भनाई छ ।