लेनचेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ,२२ चैत ।

दाङमा प्रहरीले लेनचेक अनादर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बवई गाउँपालिका–५ निवासी ४४ बर्षीय गोबिन्दप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।


जिल्ला अदालतबाट २०७७ साल साउन २५ गते चेक अनादर मुद्दामा प्रतिवादी घिमिरेलाई दुई वर्ष कैद सजायको फैसला भएपनि फरार रहदै आएका उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मोहनजंग बुढथापाले जानकारी दिएका छन् ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलिले लुकिछिपी आफ्नै घरमा बसेको अबस्थामा सोमबार दिउँसो १२ बजे पक्राउ गरी मंगलबार जिल्ला अदालत घोराही दाङमा फैसला कार्यन्वयनको लागि पठाईएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार अदालतले पक्राउ परेका घिमिरेलाई कारागार पठाएको छ ।