शितलपुर शव दाह घाट सरसफाई

दाङ १९ चैत ।

मानविय सहायता नेपालको समन्वय तथा मंगलम् क्रसर उद्योगको सहयोगमा शितलपुर शव दाह घाट सरसफाई गरिएको छ ।
सहायता नेपालका सचिव देविराम कुसारी र क्रसर उद्योगका व्यवस्थापक माधव बुढाथोकीको अगुवाईमा घाटमा भएका काठ, कपडा तथा अन्य फोहरको व्यवस्तापन गरिएको हो । सरसफाईका लागि उद्योगले जेसिविको व्यवस्था गरेको थियो । सरफाईमा युथ अफ तुलसिपुरका सल्लाहाकार अरुण लहरे, स्थािनय समाजसेवि मदन वली, डम्बर भण्डारी, सुशील गिरी लगाएका सहभागितम रहेको थियो।


कोभिडको समयमा गरिएको सरसफाई पछि घाट फोहर र अव्यवस्थित भए पछि सरसफाई गरेको सचिव कुसारीले जानकारी दिए । घाट स्थलमा अझै पनि खालि पानिका वोतल, पलाष्टिक र अन्य फोहरको व्यवस्थापन गर्नुपर्ने देखिएको छ । तुलसिपुर ११,१२ र १३ वडाको त्रिवेनिमा रहेको यो घाटलाई दाङकै आर्य घाटका रुपमा चिनिदै आए पनि व्यवस्थापन पक्ष कमजोर रहेको छ । घाटमा शव दाह संस्कार गर्दा आउने फोहरलाई संस्कारका सहभागिले व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।