होटेलको कोठा भाडामा लिएर लागुऔषधको व्यापार

तुलसीपुर, १८ चैत ।

तुलसीपुरमा लागुऔषध सेवन तथा कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागऔषध कारोबारको आरोपमा तुलसीपुर-५ का १९ वर्षिय किरण बुढाथोकी, सोहि ठाउँकै १८ वर्षिय सन्तोष बस्नेत र घोराही उपमहानगरपालिका वडा नम्बर २ का २५ वर्षिय अनिष डाँगी पक्राउ परेका हुन् ।

पक्राउ परेका अनिषले तुलसीपुर-५ बसपार्कको रुकमेली ठाडा ढुंगा होटेलमा कोठा लिएर लागुऔषध कारोबार गर्ने गरेको खुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । होटेलमा लागऔषध (खैरो हिरोइन) सेवन तथा बिक्रि वितरण भइरहेको सुचनाको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।


प्रहरीले उनीहरुको साथबाट कालो प्लाष्टिकसहित ३ सय ७० मिलिग्राम खैरोहिरोइन, तीन थान मोबाइल र नगद ४ हजारसमेत बराम गरेको डिएसपी अर्यालले जानकारी दिनुभयो । पक्राउ परेकामाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।