मेचीमहाकाली उल्टो पैदलयात्रा सकियो सोचे भन्दा धेरै साथ पाए : परियार

तुलसीपुर, १७ चैत ।

दाङ तुलसीपुर ३ रानागाउँका ऋषि परियारको मेचीमहाकाली उल्टो पैदलयात्रा पुरा भएको छ । गत माघ १५ गते पुर्वको झापा मेची पुलबाट यात्रा सुरु गर्नुभएका परियारले पश्चिम महाकालीको गड्डाचौकीमा पुगेर विहिवार दिउँसो पौने एक बजे समापन गर्नुभएको छ । उहाले मेचीमहाकाली सम्मको एक हजार २४ किलोमिटर दुरी उल्टो हिडेर दुई महिना दुई दिनमा पुरा गर्नुभएको छ ।


उहाले दुई महिनामा यात्रा पुरा गर्ने लक्ष्य राखेकोमा दुई दिन बढि समय लगाएर यात्रा पुरा गर्नुभएको छ । देशलाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ सुरु गर्नुभएका उहाले स्वास्थ्यका लागी उल्टो पैदल यात्रा नारा दिनुभएको छ ।सुरुमा यात्रा गर्दा साथ पाईन्नकी,बिचबाटो मै यात्रा रोकिन्छ की भन्ने चिन्ता थियो उहाले भन्नुभयो, तर सबैको राम्रो साथ र सहयोग पाएर सफल भए । यात्राभर स्वास्थ्यले पनि राम्रो साथ दिएको बताउनुभयो । सामान्य स्वास्थ्य समस्या बाहेक कुनै समस्या नभएको उहाले बताउनुभयो । यस्तैगरी तिन जोर चप्पल र तिन जोर कपडा बदलेको उहाले बताउनुभयो । कपडा भने यात्राको क्रममा ठाउँ र परिवेश संग मिल्दोजुल्दो बनाउने क्रममा फेरबदल भएपनि चप्पल भने हिड्ने क्रममा बदलेको उहाले बताउनुभयो । दुई महिना लामो यात्रा गर्ने अवधीभर चप्पल मात्रै प्रयो गरेको उहाले बताउनुभयो ।साथै उहाले उल्टो पैदल यात्राको क्रममा खान र बस्नमा पनि आफनो पैसा खर्च नभएको बताउनुभयो । जहाँ पुग्यो ,त्यहिका स्थानिय समाजसेवीहरुले खाना खुवाउने गरेको उहाले बताउनुभयो । सबैबाट राम्रो साथ र सहयोग पाएको हुदा आफु लक्ष्यमा पुग्न सफल भएको उहाले बताउनुभयो । उहाले आफनो यात्रामा सहयोग गर्ने आम नागरिक, सुरक्षाकर्मी, प्रशासन, संचारकर्मी तथा पत्रकार सबैमा धन्यवाद तथा आभार प्रकट गर्नुभएको छ ।उल्टो हिडेर पनि मेची महाकाली पुग्न सकिदो रहिछ भन्ने प्रमाणित गर्न पाएको आफु ज्यादै खुशी भएको उहाले बताउनुभयो । आगामी दिनमा पनि यसै गरी रचनात्मक काम गरेर देखाउने उहाले बताउनुभयो । आफनो कला र क्षमताले गाउँठाउँ देखी देशलाई नै परिचित बनाउन महत्वपुर्ण सहयोग पुग्ने उहाले बताउनुभयो ।