थबाङ गाउँपालिका–५ का वडाध्यक्षको निधन

रोल्पा, ९ असार ।
थबाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको निधन भएको छ । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ । माओवादीबाट निर्वाचित उनी केही समयदेखि बिरामी थिए ।

वडाअध्यक्ष घर्तीमगरको निधनपछि थबाङ गाउँपालिकाले मंगलबार शोक विदा घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष ऋषिकेशब बुढामगरले एक सूचना सार्वजनिक गर्दै गाउँपालिकाभित्र सार्वजनिक बिदा दिएको जनाएका छन् ।