व्यबसायमा सक्रिय‘रोम वली’

तुलसीपुर । घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरमा गोल्ड ब्रिक इण्ड्रष्टी चलाएका व्यबसायी रोम वलीले हिजोआज अन्य व्यबसायीमा पनि सक्रिय हुन थाल्नु भएको छ । दिनभर आफ्नै ईट्टा उद्योगमै ब्यस्त हुनुहुने वली हिजो पशुपंक्षी पालनमा पनि सक्रिय हुनुहुन्छ । उहाँले अहिले बाख्रा, हाँस,माछा समेत पालन गर्नुभएको छ । त्यति मात्रै होईन्, तरकारी खेति पनि गर्नुभएको छ ।

केही समय पहिले उहाँको फर्ममा ११७ सम्म बाख्रा थिए । ति मध्ये केही विक्री भएँ, केही आफैलाई काम लाग्यो । अहिले ८० वटाको हाराहारीमा छन् । इट्टाकालागि लिजमा लिएको बाँकी जग्गामा अन्य ब्यबसाय गर्नुपर्छ, भन्ने मान्यता राखेर व्यबसायीक रुपमा अन्य ब्यबसाय पनि सुरु गरेको उहाँले बताउनुभयो ।
निर्मला बहुउद्देश्यीय फर्म दर्ता गरेर व्यबसायिक बाख्रा पालन गर्नुभएको हो ।

बचेको समयलाई सदुपयोग गर्नुपर्ने भन्दै आफूले एकै ठाउँमा धेरै व्यबसाय सुरु गरेको बताउनुभयो । उहाँले यसरी व्यबसाय सुरु गरेको दुई बर्ष भयो ।


बाख्रा पालनकालागि नै अहिले २ जना कर्मचारी समेत राखेका उहाँले बताउनुभयो । उहाँले अधिकांस खरि जातका बाख्रा पालन गर्नुभएको छ । एउटा बोयर बोका पनि पाल्नु भएको छ । त्यो भन्दा पहिले उहाँले उद्योगकै उत्तरतिरको जग्गामा हाँस पनि पालन गर्नुभएको छ । त्यहाँ तीन जतका हाँस छन् । अमेरिक, चाइनिजसहित तीन जातका हाँस पालन गरेको उहाँले बताउनुभयो । उहाँले कडकनाथका बच्चा, लुइचे, लौकाट समेत पालन गर्नुभएको छ । त्यति मात्रै होईन्, उहाँले उद्योगदेखि दक्षिण तर्फ मसलाका विरुवा पनि रोप्नु भएको छ । करिब ५५ सय मसलाका विरुवा रोपेको उहाँको भनाई छ । तीन बर्ष अघि मसलाका विरुवा रोपेको बताउनुभयो । त्यस्तै हाल उहाँले ११ हजार बढि माछा पालन गर्नुभएको छ । साभारः अग्रिम साप्ताहिकMay be an image of 7 people, people standing and text