हिमाल एकाडेमीमा कक्षा ११ लाई स्वागत तथा सम्मान कार्यक्रम

तुलसीपुर, १५ भदौ ।
दाङ तुलसीपुर स्थित हिमाल एकाडेमीमा कक्षा १२ मा अध्यनरत विद्यार्थीले कक्षा ११ मा अध्यनरत छात्र छात्रालाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक मधु सुदन केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी डाक्टर लोकराज पराजुलीले विद्यार्थीमा अनुशासन, नैतिकता, इमान्दारिता राष्ट्र प्रेमको भावना जागरित हुने शिक्षा आजको आवश्यकता भएको बताउदै सोहि अनुरुपको शिक्षा दिनुपर्ने बताउने भयो । अबको शिक्षा बजारमा बिक्ने हुनुपर्ने तर त्यसो हुन नसकेको बताउनु भयो ।


राज्यले पनि युवा शक्तिलाई बिदेश पठाइरहेको बताउनु भयो। सो कार्यक्रममा सहायक प्रधानाध्यापक मुकेश कुमार शिक्षक भिम लाल मरासिनीले बोल्नु भएको थियो। उक्त कार्यक्रममा विद्यार्थीहरुले गित, नृत्य, गजल, मुक्तक, कबिता प्रस्तुत गरेका थिए ।

विभिन्न खेलकुद कार्यक्रममा पुरस्कृत छात्र छात्रालाई सोही अबसरमा पुरस्कृत गरिएको थियो । छात्रा कृशा जिसिको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण छात्रा मुना पाण्डे र छात्र समीर सेन ठकुरीले गर्नु भएको थियो।