अपारद्वारा शैक्षिक मजदुरको तलबको व्यबस्थापन गर्नमाग

तुलसीपुर,२० साउन / राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले शैक्षिक मजदुरको तलबको व्यबस्थापन गर्न माग गरेका छन् । राष्ट्रियसभाको बुधबारको शून्य समयमा बोल्दै अपारले यस्तो बताएका हुन् ।

उनीहरुको मागलाई सम्बोधन गर्न केपी ओली सरकारले १५ हजारको व्यबस्थापन गरेपनि त्यो अस्पष्ट भएको भन्दै बर्तमान सरकारले यसको उचित व्यबस्थापन गर्नुपर्ने उनको भनाई थियो । “ पहिले न्यूनतम थियो, अध्यादेश मार्फत ओली सरकारले १५ हजार मासिक व्यबस्थापन गरेको थियो, तर, त्यो अस्पस्ट थियो, केही स्थानीय तहले दिने, कही माथिबाट दिने कुरा थियो” उनले भने“ यो अहिलेको सरकारले उनीहरुको जीवन निर्वाह हुने गरि तलब ब्यबस्था गर्न माग गर्न चहान्छु ।”


उनका अनुसार अहिले देशभर बाल शिक्षिकाको संख्या ३६ हजार, विद्यालय सहयोगी २६ हजार र विद्यालयका सहायक लेखापाल ६ हजार ६ सय २८ गरि ७० हजार भन्दा बढि शैक्षिक मजदुर रहेको उनको भनाई छ ।