दाङमा एक पुरुष मृत अवस्थामा फेला

सवा अन्सारी
तुलसीपुर,११ चैत ।
दाङमा एक जना पुरुषको शव फेला परेको छ । घोराही उपमहानगरपालिका २ बलरामपुर निवासी ५० वर्षिय जित बहादुर चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

मृतक चौधरीको शवलाई प्रहरीले आज बिहान सवा ८ बजे तालको किनारमा फेला पारेको हो ।


बिहीबार दिउँसो १२ बजेको समयमा भैंसीलाई पानी खुवाउन गएका चौधरी घर नफर्किएपछि आफन्तीले उनको खोजी गरिदिन प्रहरीलाई खबर गरेका थिए ।

उनको मानव निर्मित गौरीशंकर तालमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।