दाङमा चोरी गर्ने एक जना पक्राउ

तुलसीपुर २७ फागुन ।

दाङमा चोरी लुटपाटको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ९ वस्ने २४ वर्षीय गणेश कुमार डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।


बिहिवार दिउँसो ३ बजे घोराही उपमहानगरपालिका १३ बस्ने ४८ वर्षीया झुका रोकाले भारतबाट आएको रकम ४ लाख ६७ हजार ७ सय २० रुपैयाँ लिई घर तर्फ जादै गर्दा पछाडिबाट मोटरसाईकलमा आएका डाँगीले जवरजस्ती ब्याग सहितको रकम लुटपाट गरेको प्रहरीले बताएको छ । डाँगीको साथबाट प्रहरीले नगद चार लाख ६७ हजार सात सय २० रुपैंया, एक थान मोबाइल र मोटरसाइकल बरामद गरेको छ । डाँगीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दीएको छ ।