वाईसिएल बबईको अध्यक्षमा विक

हिरालाल ओली
दाङ, ८ चैत ।
माओवादी केन्द्र निकट योंग कम्युनिष्ट लिग(वाईसिएल) बबईको अध्यक्षमा भुवबहादुर विक(गोपाल)लाई चयन गरिएको छ ।

मंगलबार भएको बिशेष सम्मेलनले गोपालको अध्यक्षतामा ७१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । जसको उपाध्यक्षमा दिपक खड्का, विष्णु गौतम, सचिबमा हुर्मत बुढा, सहसचिबमा समीर विक, आविस्कार चौधरी, जंगबहादुर नेपाली र कोषाध्यक्षमा एलिना विकलाई चयन गरिएको छ ।

सागर केसीको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्केको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश सदस्य भिमबहादुर वली‘ड्राईभर’को बिशिष्ट आतिथ्यमा सम्मेलन भएको हो ।


त्यस अवसरमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य मिलन डाँगी, प्रविन वली, वाईसिएल दाङका इञ्चार्ज अमर नेपाली‘माईकल’को सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण वाईसिएल बबई इञ्चार्ज रोशन केसीले गरेका थिए।