दंगीशरणका दुई स्कुलमा अखिल क्रान्तिकारी गठन

हिरालाल ओली
दाङ, ७ चैत । दंगीशरणका दुई माविमा अखिल क्रान्तिकारीको कमिटि गठन गरिएको छ ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले दंगीशरण ३ स्थित विरेन्द्र मा.बि. हेकुलीमा कमिटि गठन गरेको छ । प्रदिप खत्रीको अध्यक्षतामा ७२ सदस्यीय मुल इकाई कमिटी गठन गरिएको हो । जसको उपाध्यक्षहरुमा चित्रकला गिरी,पुष्कर केसी,सचिबमा अञ्जन चौधरी,सह–सचिब किरण रत्गैया र कोषाध्यक्षमा विना रोकालाई चयन गरिएको छ । त्यस्तै खेलकुद बिभाग प्रमुखमा ज्ञान बहादुर डाँगी, संगठन बिभाग प्रमुखमा लोक बहादुर पुनलगायत रहेका छन् ।


यस्तै शिद्ध पृथ्वी मा.वि.मा प्रशान्त चौधरीको अध्यक्षतामा ४९ सदस्यीय मुल इकाइ कमिटि गठन गरिएको छ । जसको उपाध्यक्षमा सुरिना चौधरी, सचिबमा आयुस रसाइली,सहसचिवमा अस्मिता चौधरी , कोषाध्यक्षमा मोहन थापा लगायत ४९ सदस्यीय कमिटि गठन गरिएको छ ।

कार्यक्रममा अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश सचिव मदन जीएम, बिशिष्ट अतिथि अखिल क्रान्तिकारी दाङ जिल्ला कमिटी कोषाध्यक्ष हिरालाल ओली‘जनार्दन’, जिल्ला कमिटी सदस्य एवम दंगीशरण अध्यक्ष भुपेस खत्री लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण अखिल क्रान्तिकारी दाङ जिल्ला कमिटी सदस्य प्रविन योगीले गरेका थिए ।