छिल्लीकोटको विकासमा विजौरी उवासंघको भूमिका महत्वपूर्ण

तुलसीपुर ६ चैत ।

बिजौरी उद्योग वाणिज्य संघको नबौं साधारणसभा शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षता तथा दाङ उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो । त्यस अवसरमा बक्ताहरुले पर्यटकीय क्षेत्रको विकासमा उद्योग बाणिज्य संघले खेलेको भूमिका महत्वपूर्ण भएको बताएका छन् ।

बक्ताहरुले छिल्लीकोटको विकासकालागि उद्योग बाणिज्य संघले खेलेको भूमिका महत्वपूर्ण भएको भन्दै प्रशंसा गरेका हुन् । त्यस अवसमरा प्रमुख अतिथि बुढाथोकीले विजौरी उदाउदो बजार रहेको भन्दै यसले कृषि एवं पर्यटकीय क्षेत्रलाई माथि उकास्न भूमिका खेल्नु पर्ने बताए । त्यस्तै घुम्ति व्यापारीहरूलाई सरकारले निरुत्साहित गर्नुपर्ने बताए । कार्यक्रममा संघका महासचिव विदुर गौतमले बिजौरी उद्योग वाणिज्य संघले यस क्षेत्रको व्यवसायिक एवं आर्थिक समृद्धिका लागि गरेका प्रयासहरु र भावि कार्यक्रम समेतको बार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी संघका कोषाध्यक्ष चित्रबहादुर खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनीहरुले प्रस्तुत गरेका प्रतिवेदनलाई साधारणसभाको वन्दसत्रले सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो ।


बिजौरी उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष वालकृष्ण रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सबै पत्रकारहरुका तर्फबाट गोकर्ण पौडेल, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मीनराज भण्डारी, जनता संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमबहादुर डाँगी, प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका अस्पताल विकास समिति अध्यक्ष विष्णु प्रसाद आचार्य, सल्लाहकार तथा नेपाली कांग्रेस तुलसीपुर १८ का सभापति बिरेन्द्र खड्का, पुष्पा डाँगी, नेकपाका रैबहादुर बस्नेत, माओवादी क्रान्तिकारीका इन्चार्ज नन्दराम रोका, पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रका डिल्लीबहादुर रावत, पुर्व अध्यक्षद्वय मुकेश वली र कमानसिंह खड्का, तुलसीपुर उपमहानगरपालिका—१९ का वडाध्यक्ष राम बहादुर योगी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा बिजौरी उद्योग वाणिज्य संघको भवन निर्माणका लागि मुल्यबान जग्गादान गर्ने दाता टेकराज रजौरे र श्रीमती दुर्पदा रजौरेलाई सम्मान गरिएको थियो । उनीहरुले स्वर्गीय बुवाआमा एवं सासुससुरा स्वर्गीय टोपेन्द्र टोपेन्द्र चुरामणि रजौरे र स्वर्गीय रुक्मिणा देवी रजौरेको स्मृतिमा जग्गा दान गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव विदुर गौतमले गरेका थिए ।