आगलागि व्यवस्थापन तालिम तुलसीपुरमा सम्पन्न

तुलसीपुर, ५ चैत्र ।


७ दिने आगलागि व्यवस्थापन तालिम तुलसीपुरमा सम्पन्न भएको छ ।
तालिममा आगलागि नियन्त्रण, आगलागिमा फसेका मानिसलाई भ¥याङ र डोरीको साहयताबाट गरिने उद्धार, आलागिमा उपयोग हुने सामानको प्रयोग, उद्योग, घर, वनजंगल, ग्यास र पेट्रोल पम्पमा लाग्नेको आगोलाई नियन्त्रणमा लिने तरिकाका विषयमा सहभागीलाई सैद्धान्तिक र व्यवहारीक ज्ञान दिइएको थियो ।
सोही अवसरमा उपमहानगरपालिको प्राङगनमा पेट्रोल पम्प र घरमा लागेको आगोलाई नियन्त्रणमा लिनुका साथै आगोमा फेसका मानिसहरुको भ¥याङ र डोरीको साहयताबाट उद्धारको नमुना अभ्यास गरिएको थियो ।
सुनिता भारद्धाज, सुशिल रावत, सुनित पुराजुली, विशाल पाण्डे, सुमित पराजुली लगाएत प्रशिक्षक रहेको तालिममा तुलसीपुर र घोराहीका समेत गरेर १५ जनाको सहभागिता रहेको थियो ।
समापन अवसरलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले नागरिकलाई संभावित जोखिमबाट बचाउन तालिम संचालन गरेको बताउनुभयो । विपत बाजा बजाएर नआउने भन्दै आगलागि, बाढि, पहिरो, भुकम्प जस्ता विपतबाट नागरिकलाई सुरक्षीत र उद्धार गर्नका लागि दक्ष जनशक्ती उत्पादन गरेको बताउनुभयो ।
विपत वन वातावरण तथा विपत व्यवस्थापन समिमितका संयोजक नवराज लामीछानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विपत व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगीले गर्नु भएको थियो । युएसएआईडीको सहयोग अन्तर्गत तयार नेपाल र तुलसीपर उपमहानगरपालिकाको आयोजनामा तालिम संचालन गरिएको थियो ।