होलीमा रम्यो‘तुलसीपुर नगर जेसिज’

तुलसीपुर,४ फागुन ।
तुलसीपुर नगर जेसिज होलीमा रमेको छ । शुक्रबार होलीको अवसरमा होली मिलन कार्यक्रम गरेको छ । अध्यक्ष केशवराज केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं.५ का अध्यक्ष वीरेन्द्रकुमार शाहको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा जेसिजका पूर्व अध्यक्ष झरेन्द्र खरेल, नेपाली कांग्रेस तुलसीपुर नगर सभापति शुरेस हमाल, लाइन्स क्लब अफ दाङका अध्यक्ष गणेश अधिकारी, रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष शिव श्रेष्ठ, अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष केशब सापकोटा र पत्रकार खेमराज रिजाललगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।


कार्यक्रममा दोभान सास्कृतिक कला केन्द्र,संघर्ष ब्याडले आफ्नो कला प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भुबन ओलीले आस्थापाठ गरेका थिए, भने स्वागत मन्तव्य कार्यक्रम सम्योजक मनिषजंग शाहले गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव पूर्णबहादुर डाँगीले गरेका थिए ।