तिर्थराज ज्ञवाली
दाङ २३ फागुन ।
राप्ती गाउँपालिकाको यस आर्थिक वर्षको स्वीकृत बजेट बाट निर्माण सम्पन्न विभिन्न योजनाहरुको स्थलगत अनुगमन गरिएको छ ।
राप्ती गाउँपालिका अनुगमन समिति संयोजक जगदम्वा कुमारी चौधरीको संयोजकत्वमा रहेको योजना अनुगमन टोलीले वडा नं ४, ५, ७ र ८ वडाको सम्पन्न योजनाहरुको अनुगमन गरिएको हो ।
ईन्जिनियर अशोक बेल्वासे, असिस्टेन्ट सव ईन्जिनियर विमला भट्टराई, पार्वति केसी, लिलावति चौधरी संलग्न योजनाहरुको नाप जाचको साथ अनुगमनको क्रममा निर्माण समितिका पदाधिकारी तथा कार्यपालिका सदस्य विष्णु गुरुङसंग योजनाका बारेमा सोधपुछ समेत गरिएको थियो ।
ईन्जिनियर अशोक बेल्वासेका अनुसार राप्ती गाउँपालिकामा यस आर्थिक वर्षको स्वीकृत योजनाहरु मध्य हाल सम्म ५० प्रतिशत योजना सम्पन्न भैसकेको, ३० प्रतिशत योजना निर्माणको अन्तिम चरणमा रहेको, १५ प्रतिशत निर्माणको काम सुरु भएको र ५ प्रतिशत काम गर्न निर्माण समिति वा निर्माण कम्पनि संग सम्झौता भैसकेको बताउनु भएको छ ।
सोमवार वडा नं ४ को पीपरखुटि स्थीत ढेब्ले खोला शेर वाल,सुन्दरपुर शिव मन्दिर तार जाली, बाल, विश्वकर्मा मन्दिर तार जाली, कल्भट निर्माण, वडा नं ५ को पहरुवा गल्ली स्तर उन्नती तथा नाली निर्माण, वडा नं ७ बाटो ग्राभेल, वडां ८ शिवघाट निर्माण, श्री नगर बौद्ध गुम्वा कोहलुवा र मिलन डाडा स्वास्थ्य संस्था शौचालय टंकीको अनुगमन गरिएको हो ।
लाइभदाङ । २३ फाल्गुन २०७८, सोमबार २१:२२ बजे