माओवादी केन्द्र लुम्बिनीमा पदाधिकारी चयन, अध्यक्षमा बराल

दाङ २ चैत्र ।


नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले पदाधिकारी चयन गरेको छ । प्रदेश समितिको प्रथम बैठकले अध्यक्ष सुदर्शन बराललाई चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा लुमाकान्त न्यौपाने सागर, दुर्गा थारु कविर र वीरबहादुर खत्री, सचिव कृष्ण अधिकारी, सहसचिव अक्कलबहादुर बम, पार्वती बिक र काशीराम यादव तथा कोषाध्यक्ष निर्दोष अलि चयन हुनुभएको छ । बैठकले दाङ इन्चार्जमा जीवन गौतम र संयोजकमा तुलसीराम पुन सुवासलाइ निरन्तरता दिने निर्णय गरेको छ ।