कुलोको समिति बनाउने भनि एमालेमा जोडेपछि ..

तुलसीपुर
१ चैत / दाङको तुलसीपुरमा कुलोको समिति बनाउने भन्दै एमालेको कमिटिमा जोडिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १० राईखलियानमा कुलोको भनि गठन गरिएको समितिलाई एमालेको कमिटि भनि प्रचार गरिएको छ । कुलोको समिति गठन गर्ने भनि भ्रममा पारि बोलाएको र त्यही कमिटिलाई एमालेको कमिटि भनि प्रचार गरिएको भन्दै सम्बन्धितले आपत्ति जनाएका हुन् ।

यही फागुन २६ गते घाइते परिवार सिताराम चौधरीको नेतृत्वमा गठन गरिएको समितिलाई एमालेको तुलसीबन्धना टोल कमिटि गठन गरिएको भनि प्रचार गरेका थिए । उक्त प्रचारको भ्रममा नपर्न समेत उनीहरुले सबैमा अनुरोध गरेका छन् । मंगलबार पीडित सिताराम चौधरी, दशिराम चौधरी, निमबहादुर चौधरी,जितराम चौधरीले एक विज्ञप्ति जारी गरि यसमा भ्रममा नपर्न समेत भनेका छन् ।


उनीहरु चार जनाले नै माओवादी केन्द्रमा आबद्ध भएको भन्द त्यसमा भ्रममा नपर्न समेत बताएका छन् । लामो समयदेखि एमालेले गरेको यस्तो भ्रमित कुकार्यको कसैले पनि विश्वास नगर्न समेत अनुरोध गरेका छन् ।