तुलसीपुरबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, सामान्य क्षति

तुलसीपुर, २९ फागुन ।
दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको रात्रीबस कालाकाटेमा दुर्घटनामा परेको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ववल सिंहका अनुसार दुर्घटनामा केही सामान्य घाइते भएको भएपनि ठूलो क्षति भएको छैन ।‘२÷३ जना सामान्य घाइते हुनुभएको छ’,उनले भने‘त्यस्तो ठूलो क्षति छैन ।’


मंगलबार राति ०९७४ नम्बरको ब्लयु स्काइ बस दुर्घटनामा परेको हो । थप विवरण आउन बाँकी छ ।