दंगीशरण २ मा तरुनदल गठन

देविराम कुसारी,

गोल्टाकुरी, २८ फागुन ।


दंगिशरण गाँउपालिका वडा नम्वर २ मा नेपाली काँग्रेसको भातृ संगठन तरुनदल गठन गरिएको छ । वडा इकाई समितिका सभापती शरदिन कुसारीको अध्यक्षतामा सम्पन्न भएको बैठकले संगम वलीको अध्यक्षतामा ३५ सदस्यिय तरुण दल इकाई समिति गठन गरेको छ । वैठकले उपाध्यक्षमा गोपाल कुसारी र किरण कुसारी, सचिवमा विष्णु वली र कोषाध्यक्षमा विशाल खड्कालाई चयन गरेको छ ।

त्यसगरी बैठकले सहसचिवमा भरत चौधरी, सदस्यमा दिपक चौधरी, सागर परियार, थम्मन खत्री, सन्तोष वली, संगम खत्री, हेमन्त कुसारी लगाएत ३५ जनालाई चयन गरेको छ । त्यस अवसरमा गापा उपाध्यक्ष उपाध्यक्ष पिमा खड्का, पुर्व सभापती प्रकासमान वली, पुर्व सचिव नन्दराम खत्री, क्षेत्रिय प्रतिनिधि तुलसीराम देवकोटा, लक्ष्मण देवकोटा, देविराम कुसारी लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण टोल ईकाइ समितिका सभापती गेहेन्द्र खड्काले गर्नु भएको थियो ।