तुलसीपुर,२६फागुन ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अबलोकन गर्नुभएको छ । उहाँले विहीबार अस्पतालका बिभिन्न वार्ड, भौतिक पूर्वाधारलगायतको अवलोकन गर्नुभएको हो । त्यस्तै प्रतिष्ठानमा आउदो शैक्षिक शत्रदेखि सुरु हुने बिएस्सि नर्सिङ, बिएनएस र ब्याचलर अफ फार्मेसी शैक्षिक कार्यक्रममा पठनपाठन सञ्चालन गर्ने कार्यक्रमकालागि भएको तयारीका बारेमा पनि जानकारी लिनुभएको थियो ।
त्यस अवसरमा उहाँले आफू स्वास्थ्यमन्त्री हुँदा अस्पतालको स्तरोन्नतिको लागि निर्णय गरेको र अहिले अस्पतालको बिकास भएको देख्दा खुसी भएको बताउनुभएको थियो । उहाँले गुरुयोजना अनुसार बन्ने ४ सय बेडको अस्पतालको भौतिक पूर्बाधार बिकासका लागि बजेट प्रदान गर्न केन्द्र र प्रदेश सरकारसंग पहल गर्ने समेत बताउनुभयो ।
त्यस अवसरमा प्रतिष्ठानका शिक्षाध्यक्ष डा. बसन्त लामिछानेले अहिले ४ सय बेडको अस्पताल बनाउन प्रतिष्ठानले डिपिआर गर्ने तयारिमा लागिरहेको बताउनुभएको थियो ।
लाइभदाङ । २६ फाल्गुन २०७८, बिहीबार २१:१० बजे