तुलसीपुर
२६ फागुन / दाङको तुलसीपुर उपमहानगरपालिकाका चार वटा वडाका अतिविपन्न तथा असहाय परिवारलाई ह्वील चियर वितरण गरिएको छ ।
आर्थिक अबस्था कम्जोर भएका अपाङ्गता भएका ब्यक्तीहरुलाई ह्वीलचियर वितरण गरिएको हो । सामाजिक रुपान्तरण तथा जागरण केन्द्रको आयोजना तथा नगरस्तरिय लक्षित कार्यक्रम अन्तर्गत निबर्तमान कार्यपालिका सदस्य डिला परियारको बिनियोजित बजेटबाट पाँच परिवारलाई ह्वीलचियर वितरण गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४,५,६ र ७ का ५ जनालाई ह्वीलचियर वितरण गरिएको कार्यक्रम सयोजक सन्तोष चनाराले जानाकरी दिए । कार्यक्रम जिल्ला समन्वय समिति तथा ४ नम्बर वडा सदस्य साबित्रा रिजालको प्रमुख आथित्यता तथा निबर्तमान कार्यापालिका सदस्य डिला परियारको बिशिष्ट आतिथ्यमा भएको थियो ।
कार्यक्रममा दलित सेवा संघका जिल्ला सदस्य छवि परियार र साझेदारी बिकास मञ्चका केन्द्रिय अध्यक्ष खेमराज बिश्वकर्मा लगयातले मन्तब्य ब्यक्त गरेका थिए ।
लाइभदाङ । २६ फाल्गुन २०७८, बिहीबार १९:४७ बजे