विद्यार्थीको क्षमता निखार्दै अप्टिमिष्ट, तुलसीपुरमा बक्तृत्वकला प्रतियोगिता

तुलसीपुर,३ फागुन । तुलसीपुरमा ‘अनेकतामा एकता, संघीय शासन ब्यबस्था’ शिर्षकमा बक्तृत्वकला प्रतियोगिता भएको छ । अप्टिमिष्ट क्लब अफ तुलसीपुरको आयोजना एवं तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा प्रतियोगिता भएको हो । लुम्बिनी प्रदेश स्थापना दिवसको अबसरमा प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मानबहादुर बस्नेतले बताए । क्लबका अध्यक्ष बस्नेतको अध्यक्षता तथा शान्तिनगर गाउँपालिकाका प्रमुख प्रमोद बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रममा माध्यमिक तहमा अध्ययनरत सामुदायिक र संस्थागतका १६ बिद्यालयहले सहभागिता जनाएका थिए ।

आजको भौतिकबादले गाँजेको समाजमा सकारात्मक दृष्टिकोणद्वारा आशाबादी जीवन दर्शनको प्रबन्धन गर्दै बालबालिका, किशोर किशोरी तथा युवा पिढिको चौतर्फी विकासका निम्ति आबश्यक कार्यक्रम संचालन गर्ने उद्देश्यले क्लबले बिभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।
त्यस अवसरमा प्रमुख अतिथि बस्नेतले संस्थाले गर्ने हरेक कार्यक्रमहरु सकारात्मक परिबर्तनकालागि रहेको बताए ।

त्यस अवसरमा बिशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका सामाजिक बिकास समिति संयोजक एवं तुलसीपुर ११ का अध्यक्ष मान बहादुर रावत, तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका अधिकृत मन बहादुर खड्का, राप्ती बबइ बहुमुखी क्याम्पस तुलसीपुरका प्राध्यापक डा.प्रेम योगी, संस्थाका बरिस्ठ सल्लाहकार मेघराज घिमिरे, माबि बालापुरका शिक्षक निर्मला डाँगी, नेपाल शिक्षक संघका अध्यक्ष घनश्याम डाँगीलगायतले संस्थाले छोटो समयमै समाज एवं बालबालिकाको क्षेत्रमा सकारात्मक कार्यक्रम गर्दे आएको भन्दै प्रशंसा गरेका थिए ।


प्रतियोगितामा रोका प्रथम
उक्त प्रतियोगितामा प्रथम शहदी स्मृति माविका पर्सुराम रोका क्षेत्री प्रथम भएका थिए, भने द्वितीय ग्रेट अरनीको माविका न्द्र केसी,तृतीय सप्तरंगी इंगलिस बोर्डिङ स्कुलका बिनोद केसी र सान्त्वना दिब्यज्योती इग्लिस बोर्डिङ स्कुलका आयुश्मा शर्मा रहेका थिए ।

संस्थाले प्रथम पुरस्कार नगद रु तीन हजार र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद रु दुई हजार पाँचसय र प्रमाणपत्र, तृतिय पुरस्कार नगद रु एकहजार पाँच सय र प्रमाणपत्र तथा सान्त्वना पुरस्कार रु एक हजार र प्रमाणपत्र प्रदान गरेको प्रबक्ता दीपक बोहराले जानकारी दिए ।

संस्थाका उपाध्यक्ष कमल सापकोटाले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा संयोजक संस्थाका ओरेटरिकल कन्टेस्ट संयोजक कमल प्रकाश शर्मा रहेका थिए, भने सहजीकरण सचिव एकराज भन्डारीले गरेका थिए ।